गायक बिपलप खड्काको नयाँ सिर्जना ‘हडताल गर्दिउला’ सार्बजनिक

काठमाडौं, साउन ४ – नेपाली संगीत क्षेत्रमा क्रियाशील युवा गायक बिपलप खड्काको नयाँ सिर्जना ‘हडताल गर्दिउला’ बोलको गीतको सार्वजनिक म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।उक्त गीतको शब्द रचना दिपेन्द्र खड्काले गरेका हुन् भने संगीत संयोजनमा रबिन भुषाल र संगीत संयोजन/मिक्सिङमा सुमन केसीले योगदान दिएका छन्। म्युजिक भिडियोको सम्पूर्ण प्रोडक्सन बिपलप खड्का स्वयंले सम्हालेका छन्।गीतले सामाजिक व्यंग्यात्मक शैलीमा युवाको आवाज प्रस्तुत गरेको छ। यसको बोल र संगीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याउने अपेक्षा गरिएको छ। भिडियोको विशेषता: 🎤 गायक: बिपलप खड्का ✍ गीतकार: दिपेन्द्र खड्का 🎼 संगीत: रबिन भुषाल 🎧 संगीत संयोजन: सुमन केसी 🛠 रिकर्डिस्ट: दिनेशलाल राजबहाक 🏢 स्टुडियो: The Studio सार्वजनिक भएको छोटो समयमै भिडियोले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाउन थालेको छ। गायक बिपलपको स्वर, शैली र म्युजिक भिडियोको प्रस्तुति नयाँ पुस्तालाई केन्द्रित गरी निर्माण गरिएको देखिन्छ। ‘हडताल गर्दिउला’ गीतले सामाजिक सन्देश दिनुको साथै मनोरञ्जन प्रदान गर्न सफल भएको प्रतिक्रिया दर्शकहरूबाट आइरहेको छ। गायक बिपलप खड्काको यो प्रयास नेपाली म्युजिक क्षेत्रमा एउटा पृथक पहिचान बनाउन सफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया