
काठमाडौं, २०८२ असार १३ । चर्चित निर्देशक किरण लामिछानेको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘फूलको बास्ना’ आज सार्वजनिक भएको छ।
सजिलो र प्राकृतिक दृश्य संयोजनसहित लामिछानेले प्रेमभावनामा आधारित यस गीतलाई दृश्यात्मक रुपमा प्रस्तुत गरेका छन्। बलराम कालठोकी र कल्पना डाँगीले अभिनय गरेको भिडियोमा कलाकारहरूको भाव र प्रस्तुतिलाई निर्देशक लामिछानेले विशेष शैलीमा उतारेका छन्। गीतको शब्द गनेश बाबु बि.के.ले लेखेका हुन् भने संगीत राजु बश्यालले गरेका छन्।
राजु बश्याल र भगवती लिम्बुको सुमधुर स्वरले गीतलाई जीवन्त बनाएको छ। गीतको एरेन्ज कुमार रानाले गरेका छन्। भिडियो सम्पूर्ण छायांकन, सम्पादन र निर्देशन पक्षमा किरण लामिछानेको सशक्त छाप देखिन्छ। भिडियोको छायांकन, सम्पादन र निर्देशनमा लामिछानेले आफ्ना पूर्वका कामहरूमा जस्तै प्राविधिक दक्षता र सिर्जनात्मकता देखाएका छन्।
गीत DNG Studio युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। रिलिज भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।संगीतप्रेमीहरूले ‘फूलको बास्ना’ युट्युबमा हेर्न र आफ्नो प्रतिक्रिया दिन सक्नेछन्।


प्रतिक्रिया