‘टिका’ चलचित्रको शुभ मुहूर्त सम्पन्न ।

नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद र गहिरो कथावस्तु बोकेको चलचित्र ‘टिका’  को शुभ मुहूर्त कार्यक्रम ललितपुरस्थित बगलामुखी मन्दिर, पाटनमा श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ ।

‘भविष्य फिल्मस्’ प्रा.लि. र ‘थर्ड आइ आर्ट्स’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रले सुरुवातदेखि नै दर्शकमाझ विशेष चासो पैदा गरेको छ । शुभ मुहूर्त कार्यक्रममा चलचित्रसँग आबद्ध सम्पूर्ण कास्ट एण्ड क्रूको उल्लेखनीय उपस्थितिमा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, आयुषी ढकाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा बिटी कान्छा अर्थात् विश्वास तिम्सिनाले लेखेका छन् । संगीततर्फ कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को सशक्त सांगीतिक संयोजन रहने निर्माण टिमले जनाएको छ ।

निर्माता भविष्य खड्काले ‘टिका’ केवल चलचित्र मात्र नभई पहिचान, अस्तित्व र संवेदनाको कथा भएको बताएकी छन् । मुहूर्तसँगै चलचित्रप्रति दर्शक तथा चलचित्रकर्मीहरूमा सकारात्मक उत्साह देखिएको छ ।

प्रतिक्रिया