
काठमाडौं – लोकदोहोरीकी चर्चित गायिका बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। हरेक वर्षजस्तै यसपटक पनि उनको गीत बजारमा आएपछि मात्र नेपालभर तीज आएको अनुभूति हुने धेरैको भनाइ छ।
गीतको रचना तथा संगीत सुन्दरमणि अधिकारीले गरेका हुन्। **सपना म्युजिक इन्डस्ट्रीज प्रा.लि.**ले निर्माण तथा वितरण गरेको यस गीतमा परम्परागत लय, बिष्णु माझीको मधुर स्वर, र तीजको उल्लासको जीवन्त चित्रण पाइन्छ।
अडियोमा सरंगीमा धर्म गन्धर्व, बाँसुरीमा गोपाल देव घाटानी, सनईमा शिशिर परियार, मादलमा खड्का बुडा, ढोलक/तबला/ढिमीमा भुवन गन्धर्वको योगदान रहेको छ। एरेञ्ज, मिक्सिङ र मास्टरिङ अशीष अविरलले गरेका हुन् भने रेकर्डिङ रागा रेकर्ड्समा भएको हो।
भिडियोमा कलाकार ललिता पौडेल, बाल कलाकार प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षयत हिमालीको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी मौसम हिमालीको रहेको छ भने छायांकन शम्भु चालिसेले गरेका छन्। सम्पादन र कलर प्रविन भट्टले गरेका हुन्।
पोस्टर निर्माण पवन सिम्खडाले गरेका छन्। भिडियोको मेकअपमा सक्च्यम पुडासैनी, बिमला तामाङ र गीत तामाङको योगदान रहेको छ। निर्देशन र निर्माण सुन्दरमणि अधिकारी स्वयंले गरेका हुन्।
सार्वजनिक भएको केही घण्टामै गीतले युट्युब र सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ। धेरैका लागि बिष्णु माझीको नयाँ गीत नै तीजको आधिकारिक सुरुवातको संकेत बनेको छ।


प्रतिक्रिया